सती कथा संग्रहको विमोचन

काठमाडाैं | मंसिर २४, २०८०

सती कथा संग्रहको विमोचन

कस्केली अधिकृत समाजका आजीवन सदस्य साहित्यकार रामचन्द्र आचार्य(आरसी) को कथासंग्रह ‘सती’ विमोचन गरिएको छ ।

 

कस्केली अधिकृत समाजद्वारा शनिबार आयोजित एक कार्यक्रमका बीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको विमोचन गर्नुभएको हो । कार्यक्रममा पूर्व कुलपति सरुभक्तले कृतिका स्रष्टा आचार्यलाई आख्यानकारका रुपमा उदाएको चित्रण गर्नुभयो ।    समाजका विविधता कथामा प्रस्तुत भएको उहाँको भनाइ छ ।

 

कृतिको टिप्पणी गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा.जगन्नाथ रेग्मीले कथाहरूमा सामाजिक यथार्थता प्रस्तुत भएको बताउनुुभयो । समाजिक यथार्थता, भोगाई लगायत जीवनका विभिन्न परिवेशलाई कथाहरूमा चित्रण गरिएको उहाँले बताउनुुभयो ।

 

कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षता एवम् सचिव महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका गण्डकी प्रदेश अध्यक्ष एवम् कस्केली अधिकृत समाजका सल्लाहकार दुुर्गाबहादुर शाह(बाबा), सचिव असफल गौतम, पाज्ञ हरिदेवी कोइराला, कृतिका स्रष्टा रामचन्द्र आचार्य(आरसी) लगायतले बोल्नुुभएको थियो । 

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्

पोखरा ।    ओझेलमा परेको पातिखोला गुफाको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।   पातिखोला गुफा संरक्षण समितिको...

थप पढ्नुहोस्

पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रु...

थप पढ्नुहोस्